विश्वमा लामो समयदेखि सर्वाधिक खोजिमा रहेका आतंककारी समुहका नेता अबु बकर अल बग्दादीको मृत्युमा अहम भूमिका खेल्ने अमेरिकी सेनाको कुकुर घाईते अवस्थामा आफ्नो ड्युटीमा फर्किएको छ । गत शनिबार चर्चित आतंकबादी नेता मारिएको भन्दै आइतबार बिहान राष्ट्रपति डोनाण्ड ट्रम्पले व्हाईट हाऊसबाट बिशेष सम्बोधन गरेका थिए । बग्दादीको मृत्युमा बिशेष भूमिका खेल्ने सेनाको तालिम प्राप्त उक्त कुकुरले जमिन भित्रको सुरुङ्मा लुकेर बसेका बग्दादीलाई लखेटेको थियो । कुकुरले लखेटेकै कारण अमेरिकी सेना बग्दादीको नजिक पुगेपछि बग्दादीले आफुले लगाएको आत्मघाती ज्याकेट बिस्फोट गराएर आफू सहित आफ्ना ३ सन्तान समेत मार्दै आफैले ईहलिला समाप्त पारेका थिए । बिस्फोटको कारण सामान्य घाईते भएको सेनाको उक्त कुकुर नियमित काममा फर्किसकेको सोमबार पेन्टागनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार उक्त सहसी कुकुरको तस्बिर राख्दै ट्विट्मा भनेका छन “हामीले प्रशंसा गर्न लायक यस्तो कुकुरको तस्बिर सार्वजनिक गरेका छौं (नाम सार्वजनिक गरेका छैनौं) जस्ले आतंककारी नेता अबु बकर अल बग्दादीलाई समाउन र मार्न सफल भयो “। उक्त कुकुरको चर्चा यतिबेला सर्वत्र चलेको छ । बिशेष जिम्मेवारी बोकेर मिसनमा जाँदा जुन स्पिरिटमा बोकेको थियो, सामान्य घाईते अवस्थामा मिसन पुरा गरेर फर्किंदा पनि उक्त कुकुरको जोश कम देखिएको थिएन । राष्ट्रपतिको समेत प्रशंसा पात्र बनेका साहसी कुकुर हाल निगरानिमा छ । बिभिन्न सञ्चार माध्यायमहरुले उक्त कुकुरलाई “हिरो डग” को संज्ञा समेत दिएका छन् ।
श्रोत:न्यूयोर्क पोष्ट