ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सांसद शाहीले युद्ध अपराधको आरोपमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीलाई बोलाएकाले उनले प्रधानमन्त्रीका रुपमा अदालत जान नमिल्ने भन्दै राजीनामा गर्नुपर्ने बताएका हुन् ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध बालबालिकालाई युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र डा. बाबुराम भट्टराई लगायत विरुद्ध युद्ध अपराधको मुद्धा हालेका हुन् ।

आइतबार मात्रै प्रधानमन्त्री प्रचण्ड डा. बाबुराम भट्टराई लगायत विरुद्ध सर्वाेच्च अदालतमा युद्ध अपराधको मुद्धा दर्ता भएको थियो ।