पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।

खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।