एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

काठमाडौं । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। 

यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

सामान्यभन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको भएपनि यसपालीको मनसुनमा नेपालभरि सामान्य वा औसत वर्षा हुने मौसमविद्हरूले बताएका छन्।