‘नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकीसांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर बिभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान दिइएको बताएकी छन् ।

उनले भनिन्, ‘अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहनाप्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोईराला पुरुष हकीलाई ७ लाख भन्दै बाँडिएका रकमहरु उचित लेखा परीक्षण हुने गरेको छैन ।

र खर्चको पारदर्शितामा हरेक पटक निरन्तर रुपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई किन र के का लागि प्रोत्साहन गरिन्छ ?’