काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ।
आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी वर्षा र तीव्र गतिमा हावा चलिरहेको विवरण आएका छन्। मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ। पाकिस्तानको सिन्ध प्रान्त स्थित केटी बन्धरमा हावाको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा मापन गरिएको मौसमविद्हरूले बताएका छन्। त्यहाँ नजिक पुगेपछि आँधीको गति कम भएको त्यहाँको मौसम विभागले जनाएको छ।
पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ।भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। समुद्री आँधी जमिनमा बज्रिनुभन्दा अगाडि नै त्यसको मार्गमा पर्ने भारत तथा पाकिस्तानका विभिन्न स्थानबाट एक लाख ७०,००० जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बाङ्ग्ला भाषामा बिपरजोयको अर्थ प्रकोप भन्ने हुन्छ। मौसमविद्हरूले उक्त समुद्री आँधी अगाडि बढ्दा त्यसले आफ्नो बाटोमा पर्ने खेती र भवनहरूमा क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन्। अरब सागर पार गर्दै आएको उक्त आँधीका कारण गुजरातको तटीय क्षेत्रमा ठूलो पानी परेको, निकै ठूला छाल आएको र समुद्र अशान्त भएको त्यहाँबाट प्राप्त भिडिओमा देखिन्छ।
गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको भए पनि त्यसलाई उनले निकै खतरनाक भनेका छन्। भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। पाकिस्तानमा यसअघि नै देशको दक्षिणपूर्वी तटबाट ८१,००० मानिसलाई स्थानान्तरण गरिएको छ।
त्यस्तै विद्यालयहरूमा ७५ वटा राहत शिविर बनाइएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। भारतमा ठूलो वर्षाका कारण यो साता कम्तीमा सात जनाको मृत्यु भइसकेको छ।