उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

कारोबार रकम बढेको छ । त्यसदिन ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।