बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही

काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपीओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ।

सोमबार एक सूचना निकाल्दै घोराही सिमेन्टको प्रिमियममा निष्कासन भैरहेको आइपीओमा धेरै लगानीकर्ताहरुले एकाउण्टमा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन दिएको पाइएपछि सचेत गराएको हो ।

खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि सेयर भर्नेहरुलाई धितोपत्र ऐन, २०६३ ले जुटा तथा जालसाजीयुक्त कारोबार भनेको व्यवहोरा ख्याल गर्न पनि भनेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा जेठ ३२ गतेदेखि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले आवेदन दिने समय असार १४ गतेसम्मलाई थपिसकेको छ ।

यसले गर्दा धेरै आवेदन रद्द हुने अवस्थामा आएपछि कम्पनीले आइपिओमा आवेदन दिन सकिने अवधि बढाएर तोकेको छ।