ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो।  शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।