काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा समान धारणा बनाउन सर्वपक्षिय बैठक राखेका छन् ।
बालुवाटारमा सम्पन्न बैठकमा नेताहरुले यस विषयमा समान धारणा बनाउने प्रयास गरेका छन् । नेताहरुले कालापानी नेपालको भूभाग हो भन्नेमा विवाद नरहेको भन्दै कूटनीतिक तवरबाट समस्या सुल्भाउन सरकारलाई सुझाव दिएका छन् ।
यसका लागि तत्काल भारतसँग वार्ता गर्नुपर्ने नेताहरुको सुझाव थियो । भारतले अघिल्लो शनिबार जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई भारतको भूभाग भन्दै समटेको थियो ।
नक्सा सार्वजनिक भएपछि नेपालमा भने व्यापक विरोध जारी छ । खासगरी नागरिकस्तरबाटै भइरहेको विरोधमा राजनीतिक पार्टीहरुको पनि ऐतिवद्धत्ता रहेको छ ।
यस विषयमा सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । विपक्षी दल कांग्रेस र अन्य पार्टीले पनि भारतको विरोध गरेका छन् ।