पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ ।
आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो ।
जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ ।
यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।