काठमाडौं । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो । बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको छन् भने तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।
रोल्पामा बस दुर्घटना, तीन जना गम्भीर घाइते
