काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । सोही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भने, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ नभन्दै बिजुली आयो । बिजुली आएको केही समयपछि नै फेरि बिजुली गयो ।
लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका छन् ।
कुलमानको पत्रकार सम्मेलनमै गयो लाइन
