सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी सुनिल शर्मा पक्राउ परेका छन् ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

प्रहरीले शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने खुलाएको छैन । शर्माले पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्री विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै आएका थिए ।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।