रोनाल्डोले अस नासरबाट जिते पहिलो उपाधी

काठमाडौं । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्। गत राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल नासरले २–१ गोल अन्तरले पराजित गरेको थियो। अल नासरको जितमा दुवै गोल रोनाल्डोले नै गरे। खेलको ७४औं र ९८औं मिनेटमा गोल गरेका हुन्।

अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन् । खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो । तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।