कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

काठमाडौं । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कर अधिकृत सापकोटा र तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल श्री एयरलाइन्सको जहाजमार्फत् नेपालगञ्जबाट काठमाडौं उड्ने तयारीमा थिए।

चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी दीपक पौडेल सुटुक्क भाग्न सफल भएका छन् ।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।