बंगलादेश । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई हराएको छ । यससँगै नेपालको पोल्टामा पहिलो जीत हात पर्यो ।
भारतको २३ वर्षमुनीको टोलीसँग हारेको ज्ञानेन्द्र खड्का नेतृत्वको नेपाली टोलीले हङकङविरुद्ध भने प्रभावशाली जीत निकालेको हो ।
शनिबार बंगलादेशमा सम्पन्न खेलमा ४० रनले विजयी भयो । हङकङलाई नेपालले २१८ रनको लक्ष्य दिएको थियो । तर, हङकङ ४५.५ ओभर खेल्दा १७७ रनमै समेटियो ।
हङकङलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट झारे । सुसन भारीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको महत्वपूर्ण पारी खेले ।
आरिफ शेखले ४२ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेका थिए । नेपालले समूह चरणको अन्तिम खेल २ मंसिरमा बंगलादेशसँग खेल्दैछ । यस प्रतियोगितामा नेपालका दुई महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने भने छैनन् ।