काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ ।
नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको सिडिओ घिमिरेले जानकारी दिए ।
पोखरा विमानस्थलबाट हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्नेसमेत तालिका छ,’ कास्कीका सिडिओ घिमिरेले भने, ‘प्रोटोकलअनुसार सुरक्षा व्यवस्था चुस्त हुने छ ।
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।
अन्नपूर्ण हिमाल ८ हजार मिटरमाथि आरोहण भएको विश्वकै पहिलो हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण भएको थियो । पोखराको पर्यटन क्षेत्रलाई फेरि एक पटक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका गुटरेस हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम पनि छ।