ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । गत मंगलबारदेखि लगातार उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३२.७७ अंकले बढेर २१०९.१० विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक अरु सबै समूहको परिसूचक घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै सोनापुर सिमेन्टको २५ करोड बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज १० कम्पनीको शेयर मूल्य बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकदर र सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो ।

राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । त्यस्तै, ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो ।