पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति लिएको आरोप लगाएका छन् ।
शनिबार उपनिर्वाचनका दौरान प्रचार प्रसारमा पोखरा पुगेका उनले चुनावी सभालाई सम्बोधनका क्रममा उक्त आरोप लगाएका हुन् ।
भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्ने भन्दै उनले नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले उच्चस्तरको कुटनीतिक पहल नगर्नुको पछाडी केही कारण भएको बताए ।
यसबाट प्रधानमन्त्रीकै सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुने उनले उल्लेख गरे । भारतले नयाँ नक्सा सार्वजनिक भएपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ ।
भारतले भने इन्कार गरिरहेको छ । सभापति देउवाले वर्तमान सरकारले जनताको ढाड सेक्ने गरी कर लगाएर जनताको दुख बिर्सेको समेत आरोप लगाए ।