प्रधानमन्त्रीको ग्राण्डी हस्पिटलमा स्वास्थ्य जाँच

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पताल पुगेका छन् । यस अघि पनि मिर्गौलाको नियमित डायलसिसका लागि उनी ग्राण्डी अस्पताल गइरहेका थिए ।

आइतबार भने नियमति उपचारसँगै उपचारका अन्य विधिमा समेत चिकित्सकसँग प्रधानमन्त्रीका निजी चिकित्सकहरुले परामर्श गरेका छन् ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले केही महिना अघि दुई पटकसम्म सिंगापुर पुगेर उपचार गराएका थिए ।

तर, त्यसले ठिक नभएपछि मृगौला प्रत्यारोपण गर्नु पर्ने निष्कर्षमा चिकित्सक पुगेका छन् । नेपालमा विकल्प नभए विदेशमै मृगौला प्रत्यारोपण गर्न जाने तयारी प्रधानमन्त्रीको रहेको छ ।