काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् ।
उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली टोली घोषित गरिएको छ ।
उनीहरुले खेल अनुशासनको गम्भीर उल्लंघन गर्दै देशलाई धोका दिएको आरोप छ । किनकी सामान्यतया क्लोज क्याम्पमा बसेको खेलाडी अनुमति बीना क्लवमा जान, मदिरा पिउन र मोजमस्तीमा रमाउन पाउँदैन ।
एन्फाले उनीहरुमाथि थप अनुसन्धान समेत गरिरहेको छ । उनीहरुको सट्टामा सागमा बैकल्पिक खेलाडीले मौका पाएका छन् ।
नेपालले सागमा मंसिर १५ गते उद्घाटन खेलमा बंगलादेशको सामना गर्ने छ । खेल दशरथ रंगशालामा हुने छ । रंगशालामा ४ वर्षपछि पहिलो पटक फूटबल हुन लागेको हो ।