पीडामा पूर्व राजा ज्ञानेन्द्र, पीडित हिमानी र पारसको मस्ती नै मस्ती

तस्बिर : साझा संजाल

विश्वन्युज संवाददाता
काठमाडांंै
पूर्वराजा ज्ञानेन्द्र शाह बेलाबेलामा विभिन्न क्रियाकलापले चर्चामा आउने गरेका छन् । छोरा पारसका कारण धेरैजसो समय उनी समस्यामा पर्छन् । तर, बेलाबेलामा सार्वजनिक रुपमा गर्ने विभिन्न कारणले उनी चर्चामा आउँछन् । पछिल्लो समय उनको चर्चा काठमाडौंको एक नाइट क्लबमा नाचेपछि भएको छ । धेरैले उनलाई खुसी र हँसिलो देखे । तर, उनको आन्तरिक पीडा भने कसैले पनि बुझिनसक्नुको छ । छोरा पारसका कारण ज्ञानेन्द्र मात्र होइन उनकी बुहारी (पारसकी श्रीमती) हिमानी पीडित बनेकी छन् ।
यदि ब्यबस्था परिवर्तन नभएको भने नेपालको राजा हुनुपर्ने पारस शाह अहिले विभिन्न मोडल, जोगी र गँजेडीसँग मस्तीमा छन् । २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डका एक साक्षी उनी आफूलाई राजा बन्ने कुनै चाहना नभएको भन्दै ठाउँ–ठाउँमा बरालिएका छन् । पूर्वराजा वीरेन्द्रको वंश नै नास हुनेगरी भएको घटनामा ज्ञानेन्द्रको संलग्नता भएको आरोप बेलाबेलामा लाग्ने गरेको छ । घटनामा संलग्न भए–नभएको इतिहासले समीक्षा गरे पनि घटनाका क्रममा साक्षी रहेको भने सबैलाई जानकारी छ । यसमा ज्ञानेन्द्र, हिमानी, पारस सबैजना साक्षी छन् । २०५८ सालको दरबार हत्याकाण्डकै कारणले नेपालमा राजतन्त्रप्रति आम नागरिकको निराशा छाएको थियो ।

पारसका काण्डैकाण्ड

तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि राजाको रुपमा स्थापित हुने भाग्यमानी बन्नुपर्नेमा पूर्वयुवराज पारस आफ्नै कारणले समस्यामा परे । बाबु नेपालको दुई–दुई पटक राजा भए पनि आफ्नो पालामा शाहवंशीय शासन अन्त्य भएको भन्दै उनले बेलाबेलामा आफ्नो बाबुको आलोचना गर्छन् । दर्जनौँ काण्डका नाइके पूर्वयुवराज पारस अहिले सर्वसाधारणको हैसियतमा विभिन्न ठाउँमा घुमिरहेका छन् । युट्युबर सोनिका रोकायासँग उनी पोखरा, मुक्तिनाथ, पशुपतिनाथसम्म घुमिसकेका छन् । उनीसँग पारसले पिङ्ग खेल्नेदेखि बार, नाइट क्लबमा समेत सँगसँगै जाने र रमाइलो गर्ने गरेका छन् । घर, परिवारसँग बिस्तारै टाढिएका पारस पारिवारिक जमघटमा कमै मात्रै देखिन्छन् ।
सार्वजनिक कार्यक्रममा पनि गाँजा खाएर पुग्ने गरेका पारस बेलाबेलामा पशुपतिनाथ लगायत विभिन्न धार्मिक क्षेत्रमा विभिन्न बाबाहरुसँग देखिने गरेका छन् । सोनिकासँगको सम्बन्धबारेमा पूर्वराजालाई राम्रो ज्ञान छ । त्यसैले पारिवारिक असफलता जोगाउनका लागि उनले निकै प्रयास गरेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न खाले समाचार आएपछि सोनिकाले आफूहरुबीच असल मित्रता भएको प्रतिक्रिया दिइन् । उत्तेजक अन्तरवार्ताका कारण चर्चामा आएकी उनले पछिल्लो समय गायिका अनिता चलाउनेको गीतमा मोडलिङ गरेकी छन् । व्यावसायिक क्षेत्रमा भने उनी पारसकै कारण थप सेलिब्रेटी भएकी छन् । हरेक ठाउँमा प्रेमिका राख्ने स्वभावका पारसले थाइल्याण्डमा कन्निका चाइयासर्न नामकी थाई युवतीसँग लिभिङ टुगेदरमा थिए ।
नेपाल आएपछि केही समयसम्म पारसले पारिवारिक वातावरणमा आफूलाई उपस्थित गराए । तर, बिस्तारै उनको स्वभाव पहिल्यै जस्तो बन्यो । लागूपदार्थको कुलतमा उनी पुगे । सोनिका रोकायासँगको पनि अनौठो सम्बन्ध सार्वजनिक भयो, विमानस्थलमा पुलिसलाई कुटे, बसन्तपुरमा दिउँसै गाजाको तालमा उफ्रिए, विभिन्न टिकटकमा उनी हटकेक भए र पारिवारिक रुपमा पनि अहिले उनी डिट्याच भएको दरबार निकट व्यक्तिहरुले बताएका छन् । बाबुको राजनीतिक गर्ने इच्छाका कारण उनी बेलाबेलामा तनावमा आउने गरेका छन् । उनी निकट एक राप्रपा नेताले भन्छन्, ‘राजनीतिक रुपमा आफूलाई बाबाले सकेको भन्नेमा युवराजले बुझ्नु भएको छ । त्यसैले अहिले पनि फेरि राजनीतिक जीवनको कुरा गरेपछि उहाँ तनावमा आइसिन्छ । त्यसैले बेलाबेलामा यस्ता घटना हुने गरेका छन् ।’
पारसको स्वभाव पहिल्यैदेखि राम्रो होइन । राजतन्त्रको समयमा उनले आफ्नो छविलाई नराम्रोसँग समाप्त पारेका थिए । उदण्डताका कारण उनी राजतन्त्र कालमा एक राक्षसको रुपमा आम मानिसले कल्पना गर्थे । हट्टाकट्टा शरीर, आकर्षक पहिरन, चम्किलो अनुहार तर उदण्ड स्वभावका पारस अहिले वास्तविक गँजेडी बनेका छन् । आवाजसमेत राम्रोसँग निकाल्न नसक्ने अवस्थामा देखिएका पारसले आफूभन्दा पनि समग्र परिवारलाई समेत पीडा दिएका छन् । आफूलाई समलिंगीको रुपमा चिनाउने सोनिकासँगको सम्बन्धले पूर्वराजा ज्ञानेन्द्र झन् पीडामा छन् । पूर्वयुवराज्ञी हिमानी वास्तविक पीडित बनेकी छन् । श्रीमती हिमानीसँग पारसको सम्बन्ध राम्रो नभएको धेरै भएको छ । पारसले बर्बादीको अवस्थामा आफू मस्ती गरे पनि परिवारलाई सधंै पीडा दिएका छन् ।

मनमा चोट, अनुहारमा छैन खोट

काठमाडौंको एक नाइट क्लबमा गएर नाचेपछि ज्ञानेन्द्र र हिमानीको जीवन क्या सुखमय भन्दै धेरैले खुसी व्यक्त गरे । परिवारप्रतिको जिम्मेवारी र सामाजिक सेवामा क्रियाशील हिमानी लोकप्रिय छन् । धेरै युवायुवतीले उनलाई मन पराउँछन् । ओंठमा मुस्कान सधैं हुन्छ । सार्वजनिक ठाउँमा प्रस्तुत हुँदा उनी संयम र विवादमा नफसिकन बाहिरिन्छन् । अहिलेसम्म कुनै पनि प्रकारको विवादमा उनी आएकी छैनन् । आफू मात्र नभएर तीन सन्तानलाई राम्रो आचारण र संस्कार दिने हिमानी आफ्ना श्रीमान्लाई भने राम्रो आचरण दिन सकेकी छैनन् । छोराछोरी बाबु भनेपछि हुरुक्कै गरे पनि पारसले आफूलाई सुधार नगर्दा बाहिर मुस्कान छर्ने हिमानीको मन दिनदिनै बाहिरिने पारसका चर्चाले धेरै रोकिएको उनी निकटहरु बताउँछन् ।
आफ्नो एकमात्र छोरा पारसको अवस्था देखेर पूर्वराजा ज्ञानेन्द्र पनि बेलाबेलामा आफूनिकटसँग गुनासो गर्छन् । पटक–पटक मृत्युको मुखमा पुगेका पारस मुटु रोगी हुन् । खराब जीवनशैलीका कारण उनको स्वास्थ्य झन्झन् खराब हुँदै गएको छ । वृद्ध अवस्थामा पुगेका ज्ञानेन्द्र छोराको गतिछाडा पाराकै कारण धेरै अल्कोहलिक भएका छन् । रक्सी धेरै खाने बानीका कारण उनी बेलाबेलामा अस्पताल भर्ना हुने गरेका छन् । एक मात्र छोरा पारस अपार्टमेन्टमा एक्लै बस्दा उनको मन जलिरहेको छ । त्यसैले बेलाबेलामा पारिवारिक भेटघाट र रमाइलोमा राम्रोसँग रम्ने गरेका छन् उनी ।
राजावादी दल र बुहारी वा नातिलाई राजनीतिमा सक्रिय पारेर पुरानो शक्ति स्थापित गर्ने चाहना ज्ञानेन्द्रमा अहिले पनि कायमै छ । उनले अहिले पनि जनचाहना बुझ्न भन्दै पश्चिम नेपालको भ्रमण तय गरेका छन् । बेलाबेलामा उनले विभिन्न ठाउँको भ्रमण गरेर जनतासँग नजिक हुन खोज्छन् । तर, एक पटक नराम्रोसँग धुमलिएको उनको शक्ति यात्रा अब लगभग फर्किंदैन । उनी निकटहरुले राजनीतिक रुपमा शक्ति आर्जन गर्ने चाहनाले बेलाबेलामा राजनीतिक दलका नेताहरुसँग पनि पूर्वराजाले भेटवार्ता गर्ने गरेको बताउँछन् ।
इतिहास फर्किंदैन । नेपालमा राजनतन्त्रको कल्पना अब कल्पनामै सीमित हुने देखिन्छ । अहिलेसम्मको राजनीतिक अवस्थाले राजतन्त्रमा जाने जनताको चाहना लगभग समाप्त भैसकेको छ । दोस्रो संविधानसभामा उदाएको राजावादी दल राप्रपा पनि पछिल्लो चुनावमा पतन भयो । निर्णायक अवस्थामा आए पनि नेतृत्वदायी भूमिकामा राजतन्त्र फर्किंदैन । त्यसैले पूर्वराजाले आफूलाई राजाको रुपमा होइन एउटा सफल नागरिकको रुपमा स्थापित गरेर अगाडि बढेमा उनलाई फाइदा हुन्छ । राजतन्त्रका कारण पूर्वराजा ज्ञानेन्द्रले नेपालको राष्ट्र प्रमुख मात्र होइन नारायणहिटी राजदरबार पनि छाड्नु परेको थियो । नेपालमा २०६५ साल जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आयो । गणतन्त्रको कार्यान्वयनसँगै नेपालबाट २ सय ४० वर्ष पुस्तैनी र परम्परागत शासन गरेकोे राजतन्त्रको अन्त्य भयो ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयनसँगै पूर्वराजा ज्ञानेन्द्रको परिवारमा कलहको बिउ रोपियो । गणतन्त्र आउनुका पछि आफ्ना बाबुको व्यवहार भएको निष्कर्ष निकालेका पारसले बाबुले नारायणहिटी छाडेर नागार्जुन गएपछि उनी बाबुको पछि लागेनन् । कोमलका साथ एउटै गाडीमा मध्यरातमा नागार्जुनतर्फ ज्ञानेन्द्र प्रस्थान गरेको अवस्थामा पारस भने निर्मल निवासतिर लागे । उनी निर्मल निवासमै बसे । जब पूर्वयुवराज पारस ०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइरालाका छोरी ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरीसँगको झगडामा फसे अनि उनलाई लाग्यो सामान्य जीवन जिउनका लागि समेत उनलाई नेपालमा समस्या छ । भारतीय दैनिक पत्रपत्रिकाले पूर्वयुवराज लागूऔषध कारोबारी र नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आधारहीन आरोप लगाएपछि उनी बैंकक गएका थिए ।