काम गर्दा गर्दै लुटेरासंग झडप भएको छ ? क्राइम भिक्टिमहरुलाई व्यवस्था यस्तो छ ।

रमेश श्रेष्ठ

कानुन ब्यबसायी, न्युयोर्क

म टेक्ससमा बस्छु । मलाई स्टोरमा काम गरिरहेका बेला केही व्यक्तिहरुले आई लुट्न खोज्दा मैले प्रतिवाद गरें र उनीहरुले मलाई कुटपिट गरे । मेरो शरीरमा विभिन्न चोटपटकका साथै मेरो दाहिने हात फ्रयाक्चर हुन पुग्यो । अहिले त्यो घटनाको पुलिस केस चलिरहेको छ । लोकल अस्पतालमा ट्रिटमेन्ट गरिरहेको छु । म स्टुडेन्ट भिसामा छु, तर स्कूललाई निरन्तरता दिने अवस्थामा छैन । क्राइम भिक्टिमहरुलाई यू भिसाको व्यवस्था छ भन्ने सुनें, के यो सत्य हो ? के मैले यो प्रोसेस गर्न सक्छु होला ?
अनिल, टेक्सस

युएस कंग्रेसले सन् २००० मा ‘द भिक्टिम अफ ट्राफिकिङ एण्ड भ्वाइलेन्स प्रिभेन्सन एक्ट अफ २०००’ पास गरेको थियो । यस कानूनले विभिन्न भिक्टिमहरुमध्ये भ्वाइलेन्ट क्राइम भिक्टिमहरुलाई जसले संगीन शारीरिक र मानसिक पीडा भोगेको छ र उनीहरु ल इनफोर्समेन्ट वा अन्य सरकारी निकायहरुलाई त्यस अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा पु¥याउनमा तत्पर छ भने युएससीआईएसले यू भिसा प्रदान गर्नेछ । यू भिसा चार वर्षका लागि हुनेछ र त्यसपश्चात् ग्रीनकार्डका लागि निवेदन गर्न सक्षम हुनेछन् । तपाईंको केसको हकमा तपाईंले आफू सो क्राइमको भिक्टिम भएको र फिजिकल एण्ड मेन्टल इन्जुरी भएको प्रमाणित गर्नुका साथै ल इन्फोर्समेन्ट एजेन्सीबाट तपाईंले सो अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा सहयोग पु¥याउन सक्ने स्थिति भएको भनी सर्टिफिकेसन प्राप्त गर्नुपर्नेछ । तपाईं क्राइम भिक्टिम भए पनि र सब्सट्यान्सियल इन्जुरी भोग्नुपरेको भए पनि यदि ल इन्फोर्समेन्ट वा सरकारी अधिकृतबाट सो यू भिसा सर्टिफिकेसन वा सिफारिस लिन सक्नुभएन भने यू भिसाको निवेदन एप्रुभ हुन सक्ने छैन ।
यू भिसाको मुख्य उद्देश्य क्राइम भिक्टिमहरुलाई मद्दत गर्नुका साथै ल इन्फोर्समेन्ट एजेन्सीहरुलाई अपराधको अनुसन्धान र कारबाहीमा मद्दत पु¥याउनु भएकाले तपाईं लिगल वा इलिगल जे जस्तो स्टाटस भए पनि त्यसको यू भिसा एप्लिकेसनमा कुनै असर पर्ने छैन ।