काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३ जना, सामाजिक विषयका लागि १२२ जना, गणित–विज्ञानका लागि ६५ जना, शुल्क यजुर्वेद र कम्प्युटर विज्ञानका लागि १/१ जना र संस्कृत भाषाका लागि ५ जनाको विज्ञापन गरेको हो ।
इच्छुक उम्मेदवारहरूले आजदेखि चैत १ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।