त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि प्रहरीले भारतीय २५ वर्षीय सरिफ अहमद अब्दुललाई पक्राउ गरेको हो ।

अब्दुलको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए। हाल उनलाई घटनाको थप अनुसन्धान गर्न प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाएको बताएको छ।