काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बजेटमा राज्यले प्रदान गर्ने अनुदान र सुविधामा रहेको दोहोरो पन हटाउने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले सामाजिक्ष सुरक्षा, अनुदानमा रहेको दोहोरोपन हटाइ क्रमशः लक्षितवर्ग उन्मुख गरिने बताए ।
‘लगानीको प्रतिफलबाट सबै वर्ग, समुदाय लाभान्वित हुने गरी अवसरको सिर्जना र समन्यायिक वितरण प्रणाली विकास गरिनेछ । राज्यबाट प्रदान गरिने सबै प्रकारका अनुदान र सुविधाहरूमा दोहोरोपना हटाई क्रमशस् लक्षित वर्ग केन्द्रित हुने व्यवस्था मिलाइनेछ,’ उनले भने ।
संविधानको मर्म अनुसार स्रोत साधन र अवसरको न्यायोचित वितरण गरिने उनले बताए । उनले शिक्षा र स्वास्थ्य सबैको पहुँच विकासको गुणस्तर बढाउन रकम विनियोजन गरिने बताए ।