क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

पुरुषतर्फ ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बोर्ड बैठकले पूरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ र महिलातर्फ ए ग्रेडमा परेका खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

यस्तै बी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा रहेका छन्।

ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी, ग्रेड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् भने इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन्।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर रहेका छन्।, ग्रेड बीमा कविता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्मचार्य, ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल तथा इमर्जीङमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन रहेका छन्।