काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को सुभारम्भ आज हुने भएको छ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को भब्य उद्घाटनको तयारी छ । सो प्रयोजनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चितवन पुगिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।
सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु पनि सहभागी हुने छन् ।
दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायीकाहरुको कला पनि प्रस्तुत गरिने जनाइएको छ । भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्यालीसहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेकोे छ ।