काठमाडौं । बेलायतले निकोला पोलिटलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । उनले बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छिन् ।
नेपाल र बेलायतबीच सम्बन्ध स्थापित भएको पछिल्लो २ सय वर्षमा बेलायतले पहिलो पटक नेपालमा महिला राजदूत पठाएको हो ।
राजदूत पोलिटले ट्वीट गर्दै बेलायतबाट पहिलो महिला राजदूतका रुपमा नेपाल आउँदा हर्षित भएको उल्लेख गरेकी छिन् । बेलायत र नेपाल दौत्य सम्बन्ध कायम भएका सबैभन्दा पुराना मित्र देश हुन् ।
उनी सन् २०१७ देखि ०१८ सम्म पूर्वी युरोप र मध्यएसिया निर्देशनालयमा अतिरिक्त निर्देशकका रुपमा कार्यरत थिइन् ।
सोमालिया कन्फ्रेरेन्सकी संयोजकका रुपमा समेत काम गरेकी उनीसँग सन् २०१४ देखि २०१६ सम्म उनले बेलायती प्रधानमन्त्रीको सहायक निजी सचिवका रूपमा काम गरेको अनुभव रहेको छ ।
निकोलाले नेपालीमा ट्वीट गर्दै भनेकी छिन्, : सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु। दुई सय बर्षको कूटनीतिक सम्बन्धमा नेपालका लागि पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महशुस गरेको छु।