काठमाडौं । नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदकतर्फ आफ्नै रेकर्ड ब्रेक गरेको छ ।
नेपालले बिहीबार ५ स्वर्ण पदक आफ्नो नाममा पार्दै एउटै सागमा सर्वाधिक स्वर्ण जितेको आफ्नै रेकर्ड तोडेको हो । बिहीबारसम्मका खेल सकिदा नेपालको नाममा ३६ स्वर्ण पुगेको छ ।
सन् १९९९ मा नेपालमै आयोजना भएको ८ औं सागमा नेपालले सर्वाधिक ३१ स्वर्णसहित कूल ६५ पदक जितेको थियो । त्यसपछि भने नेपालले यो स्तरको सफलता पाउन सकेको थिएन् ।
जारी सागमा नेपालले कूल ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । जारी सागमा स्वर्णको अग्रता भने भारतले लिइसकेको छ । भारतको ५८ स्वर्ण पुगेको छ । बिहीबार नेपालका लागि ६ स्वर्ण पदक प्राप्त भयो । नेपालले उसुबाट २, साइक्लिङबाट २, पौडी र तेक्वान्दोबाट १\१ स्वर्ण जितेको हो ।