काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।
गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे । गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक–एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् । दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २२, खलिल अहमद र अक्षर पटेलले एक–एक विकेट लिए ।