विश्व खेलकुदमा रुसलाई झट्का, लाग्यो ४ वर्षे प्रतिवन्ध

स्वीट्जरल्याण्ड । एन्टी डोपिङ काण्डमा दोषि सावित भएसँगै रुसलाई ४ वर्षे प्रतिवन्ध घोषणा भएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदका सबै इभेन्टबाट चार वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

एजेन्सीको उक्त निर्णयसँगै टोकियोमा आयोजना गरिएको आगामी ओलम्पिक रुसले गुमाउने पक्का भएको छ ।

सन् २०१४ मा रूसमै आयोजना भएको हिउँदे ओलम्पिकमा डोपिङका धेरै काण्ड भएको र त्यसलाई लुकाउन रुसले प्रमाणहरु नष्ट गर्ने अपराध गरेको अभियोग लागेको थियो ।

यो अभियोगमा दोषि सावित भएसँगै रुसमाथि प्रतिवन्ध लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

छानविनका क्रममा मस्कोले प्रयोगशालाका डाटानै नष्ट हुने गरी गलत प्रमाण पेश गरेको बताइएको छ । कतिपय फाइनल भने रुसले नष्ट गरेको वा लुकाएको अभियोग छ ।

अन्तर्राष्ट्रिय ओलोम्पिक कमिटीले रूसलाई प्रतिवन्ध लगाएपनि काण्डमा नमुछिएका स्वतन्त्र खेलाडीलाई भने भाग लिन दिने निर्णय लिन सक्छ । यस अवस्थामा खेलाडी पदक जित्दा देशको राष्ट्रिय गान बजाइने छैन ।

झण्डा समेत फहराउन पाइदैन । यस काण्डले रुसको आगामी विश्वकपको सहभागितासमेत अनिश्चित गरेको संचारमाध्यमले लेखेका छन् ।

एजेन्सी