काठमाडौं । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि मेयर बालेन्द्र शाह (बालेन) ले गरेको चासो सकारात्मक रुपमा लिएको बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासेठले मेयर शाहको अभिव्यक्तिलाई सल्लाहकै रुपमा लिएको जिकिर गरे। महासेठले भने त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।
‘मेयर बालेनको अभिव्यक्तिलाई सल्लाहका रुपमा लिएको छु’
