सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

file

काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा यो अहिलेसम्मकै धेरै हो । यसअघि हिजो छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।