एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै , आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।