काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट स्वदेश फिर्ता भएका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । नरेन्द्र मोदीको निमन्त्रणा मान्न भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता भएका हुन् । भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार त्यहाँ गएका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । यस्तै उनले आफ्ना समकक्षी मोदीसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
