यूरोकपमा जर्मनीको सानदार सुरुवात

काठमाडौं । आयोजक जर्मनीले युरो–२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले हराउन सफल भयो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए । त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो । निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे । स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

युरो-२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ । यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।