यूरोकपका दौरान चोटिल बने एम्बाप्पे

DUSSELDORF, GERMANY - JUNE 17: (EDITORS NOTE: Image contains graphic content.) Kylian Mbappe of France sits on the floor whilst holding his face, after clashing heads with Kevin Danso of Austria (not pictured), during the UEFA EURO 2024 group stage match between Austria and France at D?sseldorf Arena on June 17, 2024 in Dusseldorf, Germany. (Photo by Michael Regan - UEFA/UEFA via Getty Images)

काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । यस खेलमा कप्तान केलिएन एमबाप्पेलाई चोट लागेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गतराति सम्पन्न खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो । अष्ट्रियाका डिफेण्डर केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकबाट रगत आएको थियो । त्यसपछि २५ वर्षीय एमबाप्पेलाई केही उपचार गरियो र उनी मैदान बाहिर आए । उनको स्थानमा फ्रान्सले ओलिभर जिरुडलाई मैदान पठाउने तयारी गरेको थियो ।

तर एमबाप्पे स्वीकृतिबिना नै मैदान प्रवेश गरेपछि उनलाई पहेँलो कार्ड देखाइयो । त्यसपछि ९०औं मिनेटमा एमबाप्पेको स्थानमा जिरुड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एमबाप्पेको अवस्था राम्रो नरहेको बताएका छन् । ‘उनको अवस्था ठिक छैन । उनको नाकमा ठूलो चोट लागेको छ,’ डेसच्याम्पले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘यो कस्तो छ भनेर हामीले परिक्षण गर्नुपर्नेछ । जुन हाम्रो लागि दूर्भाग्य हो ।’

फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरिसकेका एमबाप्पे पहिलो पटक युरो उपाधि जित्ने लक्ष्यमा छन् । उनी फ्रेन्च टिमको मुख्य खेलाडी र कप्तान समेत हुन् । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट फिफा विश्वकप जितिसकेका छन् । २०२२ को विश्वकप फाइनलमा भने फ्रान्स अरज्नेटिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।