काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्स बराबरी खेलेका छन् । लाइपजिगमा सम्पन्न खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो । बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । दुई खेलबाट फ्रान्स र नेदरल्याण्ड्स दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेदरल्याण्ड्स अगाडि छ । अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका कप्तान केलिएन एमबाप्पे नेदरल्याण्ड्स रुद्ध मैदान उत्रेनन् ।
पहिलो खेलमा नेदरल्याण्ड्सले पोल्याण्ड तथा फ्रान्सले अष्ट्रियालाई पराजित गरेको थियो । यस्तै समूह डी कै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ ले पराजित गरेको छ । यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ । अब अन्तिम खेलमा फ्रान्सले पोल्याण्ड र नेदरल्याण्ड्सले अष्ट्रियासँग खेल्नेछ ।