कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ । तर कोपामा भने ९० मिनेटको खेल बराबरी भएमा सीधै पेनाल्टी हुनेछ ।

तर कोपाको फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय थपिनेछ । त्यसमा पनि बराबरी भएमा खेल पेनाल्टिसुटआउटमा पुग्नेछ ।
साविक विजेता अर्जेन्टिनासहित क्वाटरफाइनल पुग्न ८ वटै टोलीको टुङ्गो लागिसकेको छ ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर, भेनेजुएलाले क्यानडा, कोलम्बियाले पानामा र उरुग्वेल ब्राजिलसँग खेल्नेछ । आयोजक अमेरिका रमेक्सिको भने यस समूह चरणबाटै बाहिरिएका छन् । कोपाको पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६ः४५ मा सुरु हुनेछ ।