काठमाडौं । सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुुगेको छ ।
अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ ।
इजरायल युुद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको बताइएको छ । आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको अनुमान छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार सात सय डलर पुुग्ने अनुुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुुग्न सक्छ ।
चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुु¥याएकाले पनि सुनको मूल्य तोलामा छ हजार रुपियाँ बढी पर्न गएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । यसैबिच बजारमा चाँदीको मूल्यसमेत बढेको छ । मङ्गलबार प्रतितोला एक हजार ८७५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २० रुपियाँ बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको छ ।