काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न कुनै पदक जितेका छन् ।
समापन समारोह संगीतमय रह्यो र त्यसमा रेड हड चिल्ली पेपर्स, बिली एलिस, स्नुप डग र डाक्टर ड्रेले आ–आफ्नो प्रस्तुति दिए । यस्तै फ्रान्सेली इतिहास, कला र संस्कृति झल्किने विभिन्न प्रस्तुति पनि प्रदर्शन पनि समापन समारोहमा राखिएको थियो ।त्यस अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ३३ औं गृष्मकालीन ओलम्पिक सनसनीपूर्ण ढंगले सफल रहेको दाबी गरे । उनले ओलम्पिक इतिहासमा नयाँ युगको सुरुआत भएको पनि दाबी गरे ।
अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । अमेरिकाले १९९६ को एटलान्टापछि पहिलो पटक ओलिम्पक आयोजना गर्न लागेको हो । अब पारा ओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।