मस्को । रुसको मूख्य इन्टीलिजेन्स एजेन्सीको मूख्यालयमा भएको गोलीबारीमा कम्तिमा ३ जना मारिएका छन् ।
सुरक्षा एजेन्सी फेडेरल सेक्यूरिटी सर्भिस (एफएसबी) नजिकै बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरी फायरिङ खोलेका थिए ।
तीन बन्दुकधारी सुरक्षा कारवाहीमा मारिएको र अन्य केही घाइते भएको बताइएको छ । भवनभित्र कति जनाको निधन भएको छ भन्नेबारे भने अझै सार्वजनिक गरिएको छैन ।
भवन सुरक्षाबलको घेरामा रेको छ । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको बार्षिक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको तयारी भइरहदा मस्कोमा यो आक्रमण भएको हो ।