अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते

सिकागो

अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले  घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी  ६ ,७ राउन्ड गोलीको आवाज सुनिएको र केही समय पछी मानिसहरु भागाभाग गरेको देखेको एक छिमेकीले स्थानिय संचार माध्यमहरुलाई बताएकी छिन्   

घाईते १३ जनालाई नै अस्पताल लगिएको छ भने घाईतेको अवस्था हाल सम्म जानकारीमा आएको छैन ।पछील्ला  समय हिँसात्मक घटना बढदै गएको सिकागोमा यो सप्ताहन्तको शुक्रबार  साँझ ५ बजे देखी यता ३४ ठाउँमा गोली चलेको प्रहरीले जनाएको छ ।  एङलउड घटनाको बिषयमा प्रहरीले अहिले स्थानिय समय ६ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।