काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा अमेरिकाले शोक जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टनी जे ब्लिकेनले सिंहको निधनमा समवेदना व्यक्त गरेका छन् । यूएयस डिपार्टमेन्ट अफ स्टेटद्धारा जारी बयानमा उनले भनेका छन्, मनमोहन सिंह अमेरिका भारत रणनीतिक साझेदारीका सबैभन्दा ठूला समर्थक मध्ये एक थिए ।
पछिल्ला दशकमा दुई देश मिलेर धेरै उपलब्धी गरेको स्मरण समेत उनले गरेका छन् । सिंह भारतका आर्थिक सुधारक समेत मानिन्छन् । जसले भारतमा आर्थिक विकासलाई गति दिने काम गरेका थिए । उनको बिहीबार साँझ निधन भएको छ ।