आरएल श्रमजीवी / क्यालिफोर्निया
कविवर केदारमान व्यथितले भनेका थिए – राजनीति शौचालय हो भने साहित्य भोजनालय हो । सायद कवि व्यथितको यही सत्य नेताकाछोराछोरीले थाहा पाएर होलान् अधिकांश उनीहरु राजनीतिमा छैनन् । हामीले अहिलेदेखि रहेका छौं कि नेपाली काँग्रेसका अघिल्लापुस्ताका नेता बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधी र गिरिजाप्रसाद कोइराला बाहेकका कुनै पनि नेताका छोरा छोरीराजनीतिमा लागेनन् । अघिल्लो पुस्तामा कांग्रेसका नेताका छोराछोरीको दाँजोमा नेपालका कम्युनिष्ट नेताका छोराछोरी नेपालीराजनीतिमा लागेका कम छन् । नेकपा अध्यक्ष प्रचण्डका छोरी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल बाहेक मलाई त हेक्का छैन।
शक्तिशाली नेताका छोराछोरीहरु अहिले के गर्दैछन त ?
कांग्रेस सभापति शेरवहादुर देउवाका छोरा जयवीर एकमात्र सन्तान छोरा हुन । उनलाई बुवाले गरेका राजनैतिक निर्णयको कुनै असरपर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि गरिरहेका छन् । त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तनपौडेल हुन् । उनी हाल बेलायतमा छन् ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराका चार सन्तान पनि राजनीतिबाट बिमुखछन् । यी त केही उदाहरणहरु हुन् ।
अचम्म लाग्छ हामी नेपालीको जेमा पनि नकारात्मक सोच छ । नेपाली राजनीतिमा कहिल्यै राम्रा मान्छे लाग्दैन् कि कुरा बुझ्दैनन ? सामाजिक संजाल , नेपाली सञ्चार माध्यमका समाचार सुन्दा र पढ्दा पनि वाक्क लाग्छ बा । म त भन्छु डाक्टरको छोरा डाक्टर बन्छ, नेताको छोरा छोरी राजनीतिमा लाग्दा धेरै नकारात्मक टिप्पणी किन ? बरु हाम्रा नेताहरुले आफ्ना सन्तानलाई राजनीति फोहोरी खेल हो, यसमा गन्ध छ भनेर अरु नै पेशामा आबद्ध गराएका होलान । नत्र किन नेताका छोरा छोरी राजनीतिमा नलागेका ?? धेरै पुराना नेताकाछोरा छोरीहरु गैरराजनीतिक बाटोमा लागेको गुनासो गर्नेहरु धेरै छन् । राजनीतिमा लागेका नेताका सन्तानले बरु भ्रष्टाचार गर्दैन थिए कि? मलाई यस्तो लाग्छ । तपाइलाइ नि ? नेपाली काँग्रेसका शीर्ष नेताहरुका छोराछोरी राजनीतिमा आएको तर कम्युनिष्ट पार्टीकाअधिकांश शीर्ष नेताका सन्तान अन्य पेशामा छन् । यो हुनु हाम्रो बिडम्बना हो । भारतकै कुरा हेरौ न, सन् १९४७ मा स्वतन्त्र भएदेखिभारतको सत्ता धेरैजसो नेहरु–गान्धी परिवारमा नै केन्द्रित छ । पहिला जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी हुँदै अहिले राहुलगान्धीसम्म पुगेको छ । त्यस्तै भारतको सहयोगमा पाकिस्तानबाट सन् १९७१ मा टुक्रिएको बंगलादेशको छोटो इतिहासजस्तै यहाँ भनेराजनीति र सत्तामा वंश परम्पराको छोटै इतिहास छ । बंगलादेशमा सेख मुजिबुर कि छोरी सेख हसिनाले आफ्नो इतिहास बनाइन् । पाकिस्तानमा जुल्फिकर अली भुट्टोको छोरी बेनजिर भुट्टो उनको छोरा बिलाबल राजनीतिमा छन् । २००७ सालपछि नेपालकोलोकतान्त्रिक आन्दोलनमा अग्रेणी विपी कोइरालाका सन्तानमा जेष्ठपुत्र प्रकाश कोइराला, कान्छा पुत्र सशांक कोइराला, गिरिजाप्रसादकोइराला र उनकी छोरी सुजाता कोइराला त्यस्तै गणेशमानसिंह र उनका पुत्र प्रकाशमान, महेन्द्रनारायण निधि र उनका पुत्र बिमलेन्द्रनिधि राजनीतिमा छन् । पंचायती राजनीतिका खम्बा सूर्यबहादुर थापाका पुत्र सुनिल थापा राजनीतिमा छन् । राजनीतिमा वंश परम्परामात्र होइन आफन्त नातेदारको लहरो तत्कालीन माओबादीमा बढी छ कारण हो द्वन्द्वमा तत्कालिन सरकारको दमन ।
पहिलाको सम्झना आउँछ मलाई । २०४६ मा प्रजातन्त्र आएपछिको पहिलो संसदीय चुनावमा काठमाडौंबाट नेपाली काँग्रेसकासर्वोच्च नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी र पुत्र प्रकाशमान चुनावमा उठेका थिए । विपक्षी पार्टी र अरुले भने एउटै घरका आमाछोरा उठे भनेर धेरै प्रचार गरियो । अन्त्यमा उनीहरु दुईजनै हारे । त्यस लगत्तै गणेशमानले खुल्लामञ्चमा भाषण दिए । म त्यतिबेला त्योभाषण सुन्न गएको थिएँ । गणेशमानले भनेको अहिले पनि सम्झन्छु कि – मेरो परिवारको पञ्चायतीकालमा भोगेको दुःख र हाम्रोपरिवारले राजनीतिमा गरेको योगदान नबुझ्ने यी काठमाण्डौका जनता भेडा हुन् । यो भाषणको सकारात्मक भन्दा को चौतर्फी नकारात्मक टिप्पणी भो । मलाई त गणेशमानको कुरा जहिले पनि सत्य सावित लाग्छ । जनतामा भेडाकै आनिबानी ज्यादै भो । कुरानबुझेर नेपाली राजनीति नकारात्मक घेरामा परेको छ । विश्व राजनीतिमा धेरैका सन्तानले राजनीतिको बिडो थामेका बेलानेपालका कम्युनिस्टका छोरा छोरी अर्को पेशामा किन ? कम्युनिस्ट मात्र होइन यो पुस्ताका कुनै पनि पार्टीका नेताका छोरा छोरीराजनीतिमा नलाग्नु , राजनीति प्रतिको बितिष्णा हो । हाम्रा नेताका छोरा छोरी हामीलाइ काम लागेनन हेरौ अव नेता खोज्ने काम रविलामिछानेले गरेका छन् । उनको ” द लिडर्स ” कार्यक्रमले कस्ता नेता ल्याउला ? म त राम्रो शुरूवात मा सकारात्मक सोच्दै भन्छु योकार्यक्रमले एउटा तरंग ल्याउने छ ।नेताका छोराछोरीले राजनीतिमा चाख नलिएको बेला रवि लामिछानेको टिभी कार्यक्रमको बारेमापनि हामीले जानेर बुझेर मात्र टिप्पणी गर्दा बेस होला कि ?
छोरा जयवीरलाई बुवा शेरवहादुरले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधिगरिरहेका छन् ।डडेल्धुरा असिग्राममा सम्पन्न परिवारमा जन्मिएका देउवाको बुढानिलकण्ठमा ठूलो घर छ । प्रधानमन्त्री समेत भईसकेकादेउवा र उनकी श्रीमती आरजु गैरसरकारी संस्था चलाएर बसिरहेकी छिन् । देउवा परिवार वास्तवमै सम्पन्न छ ।त्यस्तै कांग्रेस वरिष्ठ नेतारामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल हुन् । पौडेलका एक मात्र छोरा चिन्तन पौडेल अहिले बेलायत भासिएका छन् । सुशिलकोईरालाको नेतृत्वको सरकारका पालामा नेता पौडेलका छोरा चिन्तन गरिब घरपरिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्तभएका थिए । कोईराला नेतृत्वको सरकार हटेसँगै उनी बेलायत फर्किएका थिए । पौडेलको चुनावी प्रचारमा खुव दौडिएका चिन्तनअहिले कहिले नेपाल कहिले युरोप गर्छन रामचान्द्रन्दका चार छोरी छन् । नाम किन छाप्नु ती मध्ये जेठी छोरीको चितवनमा सम्पन्नपरिवारमा विवाह भएको छ । माईली छोरी पोखरामा बस्छिन् । उनका श्रीमान पोखरामा ईन्जिनियर छन् । त्यस्तै साईली छोरी विवाहगरेर अमेरिकामा बस्दै आएकी छिन् । कान्छी छोरी माछापुच्छ्र्रे बैंकमा काम गर्छिन् ।
नेता त्रयको छवी बनाएका कृष्णप्रसाद सिटौलाका छोरा श्याम अमेरिकामा पढ्दैन । झापा जिल्लामा कानुन व्यवसायबाट राजनीतिमाआएका कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । छोरा श्याम सिटौलाले ईन्जिनियरिङ संकायको अध्ययन भारतको नयाँदिल्लीमा सकेका छन् । उनी अहिले अमेरिकामा एमई तहको अध्ययन गरिसकेका छन् । सिटौलाका दुई छोरीहरु पनि अमेरिकामैबसोवास गर्छन छन् । सधैं सत्ताको शक्तिमा छाईरहने सिटौलाले विभिन्न ठाउँमा जग्गा जमिन किनेका छन् । मधेसका काङ्ग्रेस सम्राट बिमलेन्द्र निधीका दुईटै छोरा ईन्जिनियर पढ्दै ,कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिका दुई छोरा छन् । निधिका जेठा छोराअबिरल १२ कक्षासम्म जावलाखेलस्थित सेन्ट जेभियर्समा पढिसकेपछि उनी अहिले भारतको जवाहरलाल नेहरुविश्वविद्यालयमापढ़ैरहेका चां भने कान्छा पनि त्यही आध्याँयन गर्दैछन ।
उता वरिष्ठ नेता माधवकुमार नेपालका छोराछोरी दुवै डाक्टर छन् ।नेकपा भित्र केपी शर्मा ओली र पर्चंदा पछिका शक्तिशालीमानिएका माधवकुमार नेपाल एक छोरा र एक छोरी छन् । तर दुवै जना नेपालको राजनीतिबाट भने टाढा बस्दै आएका छन् । उनीहरुदुवैजना डाक्टर हुन् । छोरी काठमाडौँ छालाको डाक्टर हुन्, भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधी गर्दैछन् । नेकपाकै अर्का नेता एबम पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल अमेरिकाको अध्ययनपछि अहिले नेपालमै छन् ।उनले तत्कालिन एमाले निटक युवा संघका केन्द्रिय सदस्यका रुपमा राजनीतिमा रहेका थिए । उनी आमाको नाममा रहेको माछापुच्छ्रेहर्बल नामक उद्योग सञ्चालनमा आमालाई सघाइरहेका छन् ।bयसबाहेक उनी विभिन्न चिनियाँ कम्पनीहरुलाई नेपालमा ल्याई लगानीगराउने र त्यसबापत उनी साझेदारी बन्ने उनको धन्दा छ । उनले विभिन्न ठेक्कामा पनि हात हालेका छन् । नेकपाका शकत्तिआलॆ नेताएबम उप प्रधानमन्त्री ईश्वर पोखरेलका जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र (नार्क) का वैज्ञानिक हुन् । उनी राजनीतिकक्षेत्रबाट टाढा रहेर वैज्ञानिक क्षेत्रको अध्ययन तथा अन्वेषणमा सक्रिय रहेका छन् । कान्छा छोरा सिसन पोखरेल अमेरिकाबाटअन्तर्राष्ट्रिय विषयमा अध्ययन गरी फर्किएर भर्खर नेपालमा फर्किएका छन् ।