युक्रेनद्धारा रुसी आयल रिफाइनरी केन्द्रमा ड्रोन आक्रमण

काठमाडौं । युक्रेनले रुसीको आयल रिफाइनरी तथा मस्कोका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको दावि गरेको छ । कम्तिमा १२१ वटा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस र युक्रेनका बीच जारी युद्धका बीच यसलाई एकतर्फी सबैभन्दा ठूलो अभियान मानिएको छ ।

सामाजिक सञ्जालमा भेटिएका फुटेजहरुमा मस्कोको दक्षिणपूर्व रियाजान क्षेत्रमा रहेको रिफाइनरी तथा पम्पिङ स्टेशनमा आगो उठेको देखिएको छ । यूक्रेनी अधिकारीले समेत सोही रिफाइनरीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् । रुसले युक्रेनबाट हानिएका १२१ ड्रोन गिराएको दावि गरेको छ । उता, रुसको आक्रमणबाट युक्रेनमा ३ जनाको ज्यान गएको खबर समेत सार्वजनिक भएको छ ।