काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने र हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका हुन् ।
हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको छ । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।
हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पुर्याइरहेको आरोप लगाएको छ ।