म्यासाचुसेट्स
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको लोसार पर्व (लोसार नंयावर्ष २१५२- सर्पवर्ष) समाजका अध्यक्ष केबी राईको अध्यक्षता र छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन Hyannis स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।


समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा अमेरिकाको न्यूयोर्क र कनेक्टिकट राज्यबाट शेर्पा समुदायका अतिथिहरूको पनि उल्लेख्य उपस्थित रहेको थियो।



समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै लोसार वर्ष २१५२ को हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो। केप कड नेपाली समाज द्रुत गतिमा अगाडी बढिरहेको र बर्ष दिन भित्रमा धेरै नेपाली चाडपर्वहरू मनाउने कार्यक्रम गरिसकेको र आगामी दिनहरूमा पनि मनाउदै जाने कुरा प्रधानले बताउनु भयो। उहॉंले नेपाली समुदायका सबै लाई संस्थामा आबद्ध भई साथ र सहयोगका लागि पनि आवहान गर्नु भएको थियो ।



यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पा-एन्ड्रूले न्यूयोर्क तथा कनेक्टिकट राज्यबाट आउनूभएका सम्पूर्ण अतिथिहरूलाई खादा लगाएर स्वागत गर्नुको साथै लोसार पर्वको बारेमा प्रष्ट पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा लोसार वर्ष २१५२ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।


समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि उपस्थित सबैलाई लोसार पर्वको शुभकामना दिंनुको साथै सांगितिक प्रस्तुति दिएर कार्यक्रमलाई थप हौसला प्रदान गर्नुभएको थियो।
संखुवासभा शेर्पा समाज अमेरिकाको अध्यक्ष, ओंग्चु शेर्पा, कनेक्टिकट शेर्पा सोसाइटीका अध्यक्ष, सोनाम छिरिंग शेर्पाले पनि केप कडमा आएर लोसार मनाउन पाउदा ख़ुशी लागेको ब्यक्त गर्दै सबैमा लोसार पर्वको शुभकामना दिनुभएको थियो। कार्यक्रममा GBNC का अध्यक्ष सन्दीप भट्टराईको पनि उपस्थिति रहेको थियो।

नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय बाल कलाकारहरू, मिंग्मा लाह्मु शेर्पा, डिचेन डोल्मा शेर्पा, पासंग डोल्मा शेर्पा, फुर्वा शेर्पा र जिग्मे शेर्पा द्वारा स्वागत नाच प्रस्तुत गरि “लोसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुवात गरिएको थियो।
यसैगरि कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा नाच, तिब्बतियन नाच, तामागं नाच र गुरुंग नाचहरूको प्रस्तुतिले लोसार सांझको विशेष रौनकता बढाएको थियो। लोसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, निमा शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, प्रमिला धमला बन्जारा, पेमा खंगदु शेर्पा, खगेन्द्र राई, डोमा शेर्पा, रिन्जिंग डिक्की लामा, रविना गुरूगं, निशा लामा, झरना अन्डरउड साथै बाल कलाकारहरू डिचेन डोल्मा लामा, मिंग्मा लाह्मु शेर्पा, रिसिका शाहको अथक मेहनत र कला-कौशलता अत्यंतै प्रशंसनीय रह्यो। उक्त सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका प्रायः सबै नाचहरूको कोरियोग्राफ़ी यसै केप कड नेपाली समाजका आजीवन सदस्य रवीना गुरूंगले गर्नुभएको थियो। त्यसैगरि कार्यक्रममा उपस्थित अतिथिद्वय लाक्पा शेर्पा र साँगे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।

स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले रविना गुरुंगको अगुवाईमा लोसार विशेष पूजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिए। त्यसैगरि छेछे गर्ने सामाग्रीहरू ( छ्यागं, ‘साम्पा’ जौ को पीठो र चामल) सबैको सहजताको लागि प्रवेशद्वार नजीकै राखिएको थियो भने पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। यसरी लोसार विशेष पुजा सामाग्री र परिकारहरू बनाई ल्याउनेहरूमा कार्यक्रम संयोजक छेजी शेर्पा, समाजका सदस्यहरू रवीना गुरूंग, रिन्जिंग लामा, मिंग्मा शेर्पा, डोमा शेर्पा, ओंग्चु शेर्पा, लाक्पा नोर्वु शेर्पा, प्रमिला धमला बन्जारा लगायत सम्पूर्ण स्थानीय कलाकारहरूको योगदान अत्यन्तै सह्रानीय र प्रशंसनीय थियो।

कार्यक्रमको समापन सत्रमा “लोसार साँझ” लाई सफल बनाउन आर्थिक तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरू (Old Barn Liquors store- woodshole Falmouth, Lobo Pizza- E. Falmouth, Pizza Boy- Wareham, Ocen Street Market- Hyannis, ध्रुव थापा, दिपेन सिन्हा, कुमार तामाङ, टिका खतिवडा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाई दिएर सम्मान गर्नुभयो। केप कड नेपाली समाजका आजीवन सदस्यता लिनुभएका नंया सदस्यहरू डा. सरिता बज्राचार्य, प्रदीप बज्राचार्य, लाक्पा नोर्वु शेर्पा र नवागं शेर्पा लाई पनि समाजका अध्यक्ष राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो। त्यसै गरि लोसार साँझ सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण कलाकारहरूलाई पनि समाजका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष प्रधानले खादा तथा प्रशंसापत्र प्रदान गरि सम्मान गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति, केबी राईले उपस्थित सबैलाई लोसार नंयावर्ष २१५२ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने हिमालयन ब्रिष्ट्रो, कार्यक्रमको लागि हल उपलब्ध गराउने होटल ब्यवस्थापन टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ, साथै खराब मौसमको बाबजुद पनि केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
अन्त्यमा स-साना नानीहरू (मिली तामांग र अभिश्री खतिवडा) लाई राफल चिट्ठा तान्न लगाई १२ वर्ष मुनीका बच्चाहरूको समुहबाट १ जना र १२ वर्ष भन्दा माथिका उमेर समुहबाट १ जना गरि जम्मा २ जना विजेताहरू छनौट गरिएको थियो । जसमा, विजेताहरू क्रमशः जिग्मे शेर्पा र गुन्जा शाहलाई समाजका अध्यक्ष केबी राईले राफल पुरस्कार प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमका आर्थिक प्रायोजक समितिमा संयोजक विमल खड्का र सदस्यहरूमा केवी राई, हर्कुलस कन्द्ङवा र ध्रुव थापा थिए। खाना ब्यबस्थापन को संयोजन तथा फोटोग्राफी उपाध्यक्ष कुवेर विन्दुकारले गरेका थिए।कार्यक्रम हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसीको संयोजनमा ईच्छा खड्का, कृष्ण तिमलसिना, विष्णु मान प्रधान, कुमार तामाङ, अजय खतिवडा थिए भने सहभागीको दर्तामा कोषाध्यक्ष विमल खड्का, कार्यकारी सदस्य अजय खतिवडा र सदस्य टिका खतिवडाले गरेका थिए र स्वयंसेवकको रूपमा कुमुदा पोख्रेल, प्रमीला धमला बन्जारा, समीर ओझा, खगेन्द्र राई र सिताराम राईले कार्यक्रममा सहयोग पुर्याएका थिए।
प्रतिकुल मौसमको बावजूद पनि केप कड तथा वरिपरि विभिन्न क्षेत्रहरूबाट धेरै समुदायहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।